Banner

न्युयोर्कमा भब्य संयुक्त तीज तथा दर खाने कार्यक्रम सम्पन्न

 

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क ।गत शनिबार हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्स स्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको मुख्य आयोजनामा संयुक्त तीज कार्यक्रम सम्पन्न भएको

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला संयोजक लक्ष्मी थापाले संयोजन गरेको तिज कार्यक्रममा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर दर्शन ठकुरी समाज अमेरिकाको पनि संयुक्त आयोजना रहेको थियो

कार्यक्रम दुई चरणमा अगाडी बढेको थियो पाच वटौ आयोजक संस्थाका पदाधिकारीहरुको आथित्यता रहेको उक्त कार्यक्रममा नेपाल महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कलाई प्रतिनिधित्व गर्दै बाणिज्यदुत गणेश प्रसाद अधिकारीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए 

तीज कार्यक्रम संयोजक तथा एनआरएनए न्युयोर्क च्याप्टर महिला संयोजक लक्ष्मी थापाले पाल्नु भएका सम्पुर्ण नेपाली नारीहरु र आगन्तुक पाहुनाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन

सत्यनारायण मन्दिरमा सम्पन्न भएको उक्त कार्यक्रममा तीज मनाउन आएका नेपाली नारीको उपस्थिती भब्य थियो लगभग ५०० भन्दाबढीको उपस्थिती रहेको उक्त कार्यक्रममा आयोजक समितीलाई ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई दर खुवाउदै नाचगान गरेर भरपुर मनोरंजन दिनको लागी डिजेको ब्यवस्था गरिएको थियो भने कार्यक्रमको औपचारिकता एनआरएनए न्युयोर्क च्याप्टरका सचिब बासु लामिछानेले गरेका थिए

 

 

Loading...