Banner

कवि कृसु क्षेत्रीलाई प्रबल जनसेवाश्री पदक प्रदान गरिदै ।

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं । नेपाल सरकार द्वारा  कवि ,गीतकार, गजलकार एवं विलयन लेखनका प्रवर्द्धक कृसु क्षेत्रीलाई  प्रबल जनसेवाश्री पदक प्रदान गरिदैछ  । मन्त्रीपरिषदको बसेको बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  उक्त पदक प्रदान गर्ने घोषणा गरेकी हुन्  । 

बि.सं २०५७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गरेका कवि क्षेत्रीले मोती पुरस्कार, त्रिचन्द्र देवकोटा पुरस्कार,हरिभक्त कटुवाल प्रतिभा पुरस्कार लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् । 

कबि तथा गितकार क्षेत्रीले केहि बर्ष अघी आफैले लेखेको “अचेल” नामक बोलको गितको भिडियोमा स्वयं क्षेत्री आफैले अभिनय समेत गरेका थिए । जुन गितमा राम कृष्ण ढकालको स्वर र हिमाल सागरको संगित रहेको थियो भने भिडियोलाई बिक्की पुलामीले निर्देशन गरेका थिए । 

 

क्षेत्रीका चराको गीत, बोधिसत्वको मृत्युउत्सव, अर्धमुदित आँखाहरू, नीलो आँसु, चौधवर्ष पछि, म्यान्मारमा नेपाली भाषा साहित्य जस्ता कृतिहरु प्रकाशित छन् । कवि क्षेत्री अहिले विलयन लेखनको सिद्धान्त र दर्शनको प्रवर्द्धकका रुपमा चर्चित बनेका छन् । 

तीन दशक देखि नेपाली भाषा साहित्यको सेवा गरिरहेका कवि क्षेत्रीले परराष्ट्रसेवामा लामो समय अनुभव संगालेका छन् ।  

 

Loading...