Banner

न्युयोर्कमा ‘प्रेम गीत ३’ प्रदर्शन हुदै, अनलाईन मार्फत टिकट खरिद गर्न सकिने

 

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । अभिनेता प्रदिप खड्का स्टारडम नेपाली कथानक चलचित्र ‘प्रेम गीत’ सिक्वेल ३, प्रेम गीत ३  न्युयोर्कमा प्रदर्शन हुने भएको छ । भाग ३ मा भने अभिनेता खड्का संगै यसै चलचित्र मार्फत डेब्यु गरेकी नायिका कृष्टिना गुरुंगको मुख्य अभिनय रहेको छ । 

 

शारगोर्प ट्राभल एण्ड टुरिज्म न्युयोर्कको प्रस्तुतीमा प्रदर्शन हुन लागिरहेको चलचित्र “प्रेम गीत ३” न्युयोर्कको टाईम्स स्क्वाएर स्थित एएमसी एम्पायर २५ थिएटरमा दशैको उपलक्ष्यमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र सेप्टेम्बर २३ देखि १ हप्ता सम्म दिनको २ शो चल्ने संयोजक शंकर बिशुन्केले जानकारी दिएका छन् ।  

 

फिल्मको टिकट खरिद गर्नको लागी तलको लिंक मार्फत खरिद गर्नुहोला । 

https://www.amctheatres.com/movies/prem-geet-3-71088

Loading...