Banner

नेपाली लायन्स क्लबको सह-संयोजकत्वमा न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । लायन्स क्लब्स ईन्टरनेशनल, डिस्ट्रिक्ट २०-क १ (Lions Clubs International, district 20-k1 Brooklyn & Queens, Blood Drive Team) ब्रुकलिन र क्विन्स, रक्तदान समितीको प्रमुख आयोजना र नेपालीहरुको नेतृत्वमा रहेको न्युयोर्कको क्विन्स स्थित लायन्स क्लब क्विन्स बुद्ध, लायन्स क्लब क्विन्स केटिएम र लायन्स क्लब क्विन्स नेप्लिजको संयुक्त सह-आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

उक्त रक्तदान कार्यक्रममा ६० जनाले रक्तदानको निमित्त नाम दर्ता गराएका थिए । जस मध्ये ३८ जना मात्र रक्तदान कार्यक्रमको निमित्त सक्षम भएका थिए । रक्तदान कार्यक्रम न्युयोर्क ब्लड सेन्टरको बिशेष सहयोगमा सम्पन्न भएको हो । रक्तदान गरेका रक्तदाताहरुलाई अन्तराष्ट्रिय लायन्स क्लब्स, जिल्ला २०-क१, रक्तदान समिती प्रमुख लायन एईलिन फ्रिम्यान, सह-प्रमुख अर्जुन गौडेल, क्लब अध्यक्षहरु रश्मी श्रेष्ठ, अच्युत सिग्देल,खडग पुलामी (बिक्की), चार्टर्ड अध्यक्ष कृष्ण आचार्य, चार्टर्ड उपाध्यक्ष दिपक राज घिमिरे, क्लब बरिष्ठ उपाध्यक्ष बुद्ध पौडेल र चार्टर्ड अध्यक्ष रुद्र पुनले प्रमाण पत्र बितरण गरि धव्यबाद ज्ञापन गरेका थिए । 

कार्यक्रम न्युयोर्कको ज्याक्सन हाईट्स स्थित क्विन्स केटिएमको कार्यालयमा सम्पन्न भएको थियो । 

 

 

 

Loading...