
“शुभकामना सॅाझ”मा नबराज पराजुलीको ‘कबिता’ र बिमल डॅागीको ‘गित’को झम्काभेट हुने
मकै हाउस टिभी एण्ड न्युज,
नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यमा हुने “शुभकामना सॅाझ २०७९” मा लोक तथा दोहोरी गायक बिमल डॅागीको “गायन” र कवि नवराज पराजुलीको “कबिता” जम्काभेट संगै रमाईलो हुने भएको छ ।

आज अक्टोबर २३,२०२२ दिउसो ५ः०० बजे बाट सुरु भई रातीको ९ः०० बजे सम्म चल्ने उक्त गायन तथा कबिता कन्सर्टमा लोक तथा दोहोरी गायक बिमल डॅागी र कवि नवराज पराजुलीले बिशेष प्रस्तुती दिनेछन् ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलिना र नर्थ क्यारोलिना नेपाली लिटेरेरी सोसाईटीको संयुक्त आयोजनामा हुने यस् कार्यक्रम भने एचएसएनसी हल (HSNC Hall 309 Aviation Pkwy, Morrisville, North Carolina) मा हुने छ । कार्यक्रममा कबिता बाचन र गायन बाहेक केही पनि नहुने “नो भाषण, ओन्ली फन” आयोजक पक्षले जनाएको छ ।

