
सिन्धु सोसाईटीको न्युयोर्कमा भएको “दिपावली सॅाझ”मा राम कृष्ण ढकाल संगै शिब श्रेष्ठको पनि उपस्थिती
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत २३,अक्टोबर आईतबार राती न्युयोर्कमा सम्पन्न भएको “दिपावली सॅाझ २०२२” मा गायक रामकृष्ण ढकाल संगै झुमेका थिए न्युयोर्क बासिहरु ।

सिन्धु युएसए वेलफेयर सोसाईटी, अमेरिकाको आयोजनामा सम्पन्न भएको “दिपावली सॅाझ २०२२” मा गायक राम कृष्ण ढकाल बिशेष आकर्षणको बिषय बनेको थियो । कार्यक्रममा गायक ढकाल संगै बरिष्ठ अभिनेता शिब श्रेष्ठको उपस्थिती रहेको थियो । अभिनेता श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पुर्ण नेपालीलाई दिपावलीको शुभकामना ब्यक्त गरेका थिए ।

सांग दोर्जे शेर्पा र अरुषा तामांगले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा नेपाली दर्शकको भरिभराऊले माहौल निकै मस्त अनि रमाईलो बनेको थियो । गायक ढकाल संगै स्थानिय कलाकारहरुको प्रस्तुतीले पनि कार्यक्रम उत्तिकै रमाईलो बनेको थियो ।

सिन्धु सोसाईटीले यस कार्यक्रमबाट बचेको रकम नेपालको सिन्धुपाल्चोकका आर्थिक अवस्था कमजोर भएका बिधार्थिको लागी यहयोग हुनेछ ।

