Banner

प्रत्युशा बोहोराको डोटीको एक बिद्यालयलाई ई-शैक्षिक सामग्री सहयोग

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । गत बर्ष न्युयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका सिजन चारकी बिजेता प्रत्युशा बोहोराले डोटीको एक विद्यालयलाई ई-शैक्षिक सामग्रीहरु सहयोग गरेकी छिन्।


प्रत्युशाले डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गा आधारभुत विद्यालयलाई ई-शैक्षिक सामग्रीहरु जस्तै  कम्प्यूटर ल्यावका लागि १० थान कम्प्यूटर, १०  टेबल, १० कुर्सी, एउटा प्रिन्टरसहितको फोटोकपि मेसिन, पर्दा, कार्पेट सहयोग गरेकी हुन् ।

दुर्गमको अन्य बिधालयमा पनि भबिष्यमा सहयोग पुर्याउने योजना रहेको बताउने प्रत्युशालाई यस् सहयोगको काममा संयुक्त राज्य अमोरिकामै बसोबास गर्ने मानिसहरुले सहयोग गरेको बताईन् । र विद्यालयमा कम्प्युटर शिक्षा सहज बनाउनको लागी उपकरणमा करिब ७ लाख बराबरको सामानहरु सहयोग गरिएको उनले बताइन्।

केही समय अघि मात्र संयुक्त राज्य अमोरिकाको न्युयोर्कबाट संचालित मकै हाउस अनलाईन टिभीको एक अन्तरबार्ता सो सहयोग गर्ने योजना रहेको कुरा बारे बताएकी पनि थिईन् । 

 

 

 

Loading...