Banner

साउथ कोरियालाई हराउदै ब्राजिल क्वार्टरफाईनलमा प्रबेश

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । कतारमा जारी फिफा बिश्वकपको आज भएको शिर्ष १६ को खेलमा साउथ कोरियालाई हराउदै ब्राजिल क्वार्टरफाईनल प्रबेश गरेको छ । 

आज भएको शिर्ष १६ को दोश्रो खेलमा ब्राजिलले साउथ कोरिया माथी शानदार जित निकाल्दै क्वार्टरफाईनल प्रबेश गरेको हो । खेलको ७औ मिनेटमा ब्राजिलका भिनिसियस जुनिएरले गोल गर्दै खेलमा टिमलाई १-० को अग्रता दिलाएको थियो । त्यसपछी लगातार १३ मिनेटमा पेनाल्टी मार्फत नेयमारले दोश्रो गोल गरे भने २९ औ मिनेटमा रिचार्लिसन र ३६ औ मिनेटमा लुकासले गोल गर्दै खेलको पहिलो हाफमै ४ -० को फराकिलो अन्तर बनाएका थिए । 

दोश्रो हाफमा भने कुनै गोल निकाल्न नसकेको अवस्थामा डिएरिया भन्दा बाहिरबाट कोरियाको तर्फबाट पाईकले ७६औ मिनेटमा उत्कृष्ट सान्त्वना गोल गरेको थियो । अब आगामी शुक्रबार डिसेम्बर ९ तारिक बिहान १० बजे ब्राजिल र  क्रोसिया बिच क्वार्टरफाईनल खेल हुने छ ।

 

 

 

 

Loading...