Banner

क्रोसियालाई हराउदै अर्जेन्टिना फिफा बिश्वकप २०२२को फाईनलमा प्रबेश

मकै हाउस टिभी एण्ड न्युज,

 

न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ को आज भएको सेमिफाईनल खेलमा क्रोसियालाई हराउदै अर्जेन्टिना फाईनलमा प्रबेश गरेको छ ।

आज डिसेम्बर १३ मंगलबार भएको फिफा बिश्वकप २०२२ कतारको सेमिफाईनलमा प्रबेश गरेको पहिलो खेलमा क्रोसियालाई ० बिरुद्ध ३ गोल गर्दै अर्जेन्टिना फाईनलमा प्रबेश गरेको हो ।

खेलको ३३ औ मिनेटमा अर्जेन्टिनाको खेलाडीलाई क्रोसियाको गोल रक्षक डिबक्स भित्र लडाए पछी अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै मेसिले प्रहार गरेको बलले ३४ औ मिनेटमा गोलमा परिणत भएपछी खेलमा १-० को अग्रता लिएको थियो । त्यसपछी लगत्तै जे आल्भारेजले आफ्नो रक्षापंक्तिबाट एक्लै बल अघि बढाई एकल प्रयासमा खेलको ३९ औ मिनेटमा दोश्रो गोल गर्दै खेलमा टोलीलाई २-० को अग्रता दिलाएको थियो ।

खेलको दोश्रो हाफको ६९औ मिनेटमा मेसिले एक्लै लिएर गएको बललाई बिपक्षिको पोलमा पुर्याएर दिएको उत्कृष्ट पासलाई जे आल्भारेजले गोल गर्दै खेलमा ३-० को अग्रता दिलाए भने आल्भारेजले खेलमा ब्यक्तिगत २ गोल गर्न पनि सफल रहयो ।

फिफा बिश्वकप २०१८ मा क्रोसियाले अर्जेन्टीनालाई ३-० ले हराएको बद्लापनि लिएको छ । यस संगै खैलमा ३-० ले क्रोसियालाई पराजित गर्दै अर्जेन्टिना फाईनलमा प्रबेश गरेको छ । 

अब भोलि हुने सेमिफाईनलको अर्को खेल फ्रान्स र मोरोक्कोको बिजयी संग फाईनलमा ट्रफीको लागी प्रतिष्पर्धा गर्नेछ अर्जेन्टिनाले । 

 

 

Loading...