Banner

न्युयोर्कमा एक नेपाली उबर चालकको दुर्घटनामा मृत्यु

मकै हाउस टिभी एण्ड न्युज

न्युयोर्क । आज विहान न्युयोर्क शहरमा भएको दुर्घटनामा नेपाली उबर चालकको मृत्यु भएको छ । घटना आज विहान करिब १२ बजेर ५८ मिनेट जादा भएको हो । 

नेपाल घर कास्कीको हेम्जा भएका ३२ बर्षीय मनोज थापाको निधन भएको हो । र घटनाबारे परिवारका सदस्यहरुलाई पनि जानकारी गराइसकेको जनाएको छ ।

२०१६ साल देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका ३२ बर्षिय  मनोज थापाको आज बिहान दुर्घटना परि मृत्यु भएको हो । न्युयोर्क प्रहरी विभागका अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो । प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृत्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ । आजको खसोखासले लेखेको छ । 

Loading...