Banner

न्युयोर्कमा हुने ‘डम्फु सॅाझ’मा बिजय लामा, शशिकला मोक्तान र जगदिश समाल संगै दर्जन कलाकारको प्रस्तुती रहने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । तामांग सोसाईटी अफ अमेरिकाको आयोजनामा हुन लागेको  सोनाम ल्होछार २८५९ तथा डम्फु सॅाझमा गायक जगदिश समाल, बिजय लामा, संजोक योन्जन लगाएक दर्जन कलाकारले आफ्नो प्रस्तुती दिने भएको छ । 

तामांग समुदायको महत्वपुर्ण पर्व सोनाम ल्होछार २८५९ को पावन अवसरमा हुन लागेको ‘डम्फु सॅाझ २०२३’ तामांग सोसाईटी अफ अमेरिकाको आयोजनामा हुन लागेको हो । उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकारद्वय बिजय लामा, जगदिश समाल, संजोक योन्जन, महादेब त्रिपाठी, गोमा योन्जन लामा, शशीकला मोक्तान, सुमित्रा तामांग, गणेश घलान, भिम तामांग, संडुक्पा लामा, शिल्पा थिंग, रेनु तामांग, प्रतिमा तामांग, श्रीजना मोक्तान, सर्मिला मोक्तान, माईकल योन्जन, रेनाश्री लामा, निना तामांग, जस्मिन शेर्पा, रिचा लामा, बिशेस्ता लामा, पालिस्ता लामा, डिक्किला तामांग र कार्यक्रम संचालन चुनु घिसिंग र डिजे जांग्बुको प्रस्तुती रहने छ । 

कार्यक्रम आगामी २१ जनवरी २०२३ शनिबार हुनेछ । दिनको १:०० बजेबाट ५:०० बजे सम्म मोनलाम पुजा कार्यक्रम चल्नेछ भने । औपचारिक र मनोरन्जोनात्मक कार्यक्रम रातिको ६:०० बजे देखि मध्यरात सम्म चल्नेछ । 

कार्यक्रम न्युयोर्क, क्विन्सको ६९-०२ गारफिल्ड एभिन्यु स्थित द मिक्कल पालाज्जो हलमा हुने छ । भने एस् कार्यक्रम तामांग सोसाईटी अफ नर्थ अमेरिकाको बिशेष सहयोगमा हुन लागेको हो । तपाईको सहजताको निमित्त कार्यक्रम स्थलको ठेगाना अंग्रेजीमा पनि राखिएको छ । 

Da Mikkelle Palazzo 69-02 Garfield Ave, Queens NY 11377. 

 

Loading...