Banner

अभिनेता पल शाहले तनहॅु जिल्ला अदालतबाट सफाई पाएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं । अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएको छ ।

नाबालिग जबरजस्तीकरणी अभियोग लागेका अभिनेता शाहलाई न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले मंगलबार सफाइ दिएको हो । 

तनहुँ जिल्ला अदालतबाट पलले पूर्णरूपमा सफाइ पाएपनि नवलपुर जिल्ला अदालतले तोकेको कैद सजाय भुक्तान भइनसकेकाले उनी तत्काल रिहा भने हुने छैनन् । 

हाल तनहुँ कारागारमा रहेका उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगको अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ ।

अभिनेता पल शाहको तर्फबाट नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ । उनि रिहा हुन उच्च अदालतले नवलपुरको फैसला बदर वा कैद सजाय भुक्तान भएमा मात्र हुनेछन् ।

Loading...