
७५ बर्षिय (आमा) मन माया मगर न्युयोर्कको वुडसाईडबाट बेपत्ता

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क ।संयुक्त राज्य अमेरिकाको न्युयोर्क क्विन्स, उडसाइड बसोबास गर्ने कमल मगरको आमा ७५ बर्षीय मनमाया मगर सोमबार बिहानबाट बेपत्ता भएपछि परिवारले खोजीका लागि सघाउन अपिल गरेको छ।

आज सोमबार विहान ७ बजेर ४० मिनेट जादा ४७ स्ट्रीटको ४८५६ उडसाइड बसोबास गर्ने कमल मगरको आमा मन माया मगर आफ्नी नातिनीलाई सन्नीसाइडमा रहेको एलिमेन्टरी स्कुल चिल्ड्रेन्स ल्याबमा पुराउन जादा घर फर्कने बेला बेपत्ता भएको छोरा कमल मगरले बताएका छन् ।

बेलुकाको ५ बजिसक्दा पनि आमा घर नफर्किएपछी आमा खोजिकार्यमा सहयोग गरिदिन छोरा कमलले अपिल गरेको छ ।

स्थायी घर नेपालको मोरंग, लेटांग भएका कमल मगरको आमा ७५ बर्षिय मन माया मगर ४ महिना पहिले मात्र आफ्नो श्रीमानको साथ छोरा बुहारी र नाति, नातिनीलाई भेट्न न्युयोर्क आउनु भएको थियो ।

