
३ दिन देखी बेपत्ता आमा मन माया मगर आज न्युयोर्कको ब्रुकलिन स्थित कोनी आईल्याण्ड अस्पतालबाट भेटिईन

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत सोमबार देखी हराईरहनु भएकी ७५ बर्षिय मन माया मगर (आमा) आज बुधबार ३ दिन पछी न्युयोर्कको ब्रुकलिन स्थित कोनी आईल्यान्ड अस्पतालमा फेला परेको छ ।

मन माया मगर आमा खोजि समुहले हराएको दिन देखि बिभिन्न अस्पताल खोजि गर्ने क्रममा आज ब्रुकलिन स्थित कोनी आईल्याण्ड अस्पतालमा भेटिएको छोरा कमल मगरले जानकारी गराउनु भएको हो ।


