Banner

छोरी हु म किराती को । (कविता)

मकै हाउस टिभी एण्ड न्युज, 

कविता,ममता खालिंग राई, न्युयोर्क । 

छोरी हु म किराती को, लाउछु शिरफुल सिरमा
इज़्ज़त राख्छु किराती कै, दिन्न मैले गिर्न । 

चिनाउनेछु देशको नाम, फिजाउने छु राम्रो कुरा
बचाई राख्न लागी पर्छु, संस्कृति र संस्कार ।


छोरी हु म किराती को, भाषा बोल्छु आफ्नै
शिर उठाउछु पुर्खाहरुको, सबको गर्छु भलाई ।

पुजा गर्छु पितृहरुको, रक्षा संस्कृतीको ।
चिनाउनेछु किरात धर्म, फिजाउने छु संस्कार ।

छोरी हु म किराती को, लाउछु ढुंग्री र मुन्द्री
सिकाउछु रितीरिवाज, फिजाउछु किराती कै ध्वनी ॥

छोरी हु म किराती को, हिमायती किरात कै
लेख्छु गित इतिहासको, किरातहरुकै योगदानको ।

गाउछु गित इतिहासको पुर्खाहरु कै योगदानको ॥

 

Loading...