
युनाईटेड डेलिभरी वर्कर एलाईन्स (UDWA)ले न्युयोर्कमा टोपी र टिशर्ट बितरण गरेको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । जस्टिस फर एप वर्कर (Justice for App Worker) संग सहकार्य रहेको युनाईटेड डेलिभरी वर्कर एलाईन्स (UDWA) ले न्युयोर्कमा डेलिभरी कामदारलाई टिशर्ट र टोपी बितरण गरेको छ ।

गत मंगलबार, मार्च ७,२०२३ को दिन UDWA का सदस्यहरु सोनाम घिसिंग, श्याम कार्की, बिमल घले र डिनाराको संयुक्त सहभागितामा न्युयोर्कको क्विन्समा २६ जना डेलिभरी कामदारलाई टिशर्ट र टोपी बितरण गरेको हो ।

युनाईटेड डेलिभरी वर्कर एलाईन्स (UDWA) अमेरिका भरी डेलिभरी गर्ने कामदारको हक र अधिकारको निमित्त स्थापना भएको संस्था हो ।
