Banner

साईली, गलबन्दी र किरणले न्युयोर्क तताउदै

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली नयॅा बर्ष २०८० को अवसरमा ‘साईली’ का बहु-चर्चित गायक हेमन्त राना, ‘गलबन्दी र पिर’का बहुचर्चिच गायक प्रकाश सपुत र भ्वाईस अफ नेपाल-३ बिजेता गायक किरण गजमेरले एकै साथ न्युयोर्क तताउने भएको हो । 

पर्वत सेवा समाज न्युयोर्क, अमेरिकाको आयोजना र ड्रिम्स युनिभर्सल एलएलसीको सहकार्यमा आगामी अप्रिल १५,२०२३ (नेपाली नयॅा बर्ष २०८०)  शनिबार राती ७:०० देखि मध्यरात सम्म न्युयोर्कको क्विन्स, एस्टोरिया स्थित मेलरोज बलरुमको हल संगितको बर्षातले न्युयोर्कको माहौललाई संगितमय बनाउने भएको हो । 

“Nepali New Year 2080” नाम दिईएको उक्त सांगितिक कार्यक्रममा बहुचर्चित गायक प्रकाश सपुत, हेमन्त राना र किरण गजमेरले आफ्नो उत्कृष्ट सांगितिक प्रस्तुती दिनेछन् । 

प्रकास,हेमन्त र किरण संगै उक्त सांगितिक माहौलको सुरुवातीमा न्युयोर्कको चर्चित ब्याण्ड “द जोय ब्याण्ड” र अन्तिममा चर्चित डिजे ‘डिजे एलएस~ जांग्बु’ले सांगितिक माहौललाई थप उर्जा थप्नेछ । 

 

Loading...