
‘छक्का पञ्जा-४’ न्युयोर्कमा प्रदर्शन हुदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । दिपक-दिपा स्टारडम नेपाली कथानक तथा हास्य ब्यंग्य चलचित्र ‘छक्का पञ्जा-४’ न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।

एभरेष्ट ईन्टरटेन्मेन्ट एलएलसि र त्रिवेणी ईन्टरटेन्मेन्ट एलएलसीको संयुक्त संयोजनमा ‘छक्का पञ्जा-४’ न्युयोर्कको एस्टोरिया स्थित रेगल युए कौफम्यान (Regal UA Kaufman Astoria) हलमा मार्च २६ आईतबार दिनको १२:०० बजेको शो, मार्च २७, सोमबार ४:०० बजेको शो र मार्च २७, मंगलबार ७:०० बजेको रात्री शो गरी ३ शो प्रदर्शन हुन लागेको हो । टिकट अनलाईन मार्फत खरिद गर्न सक्नुहुनेछ ।

