
न्युयोर्कमा ‘नारी एकता सॅाझ’ सम्पन्न, मंजु बिष्ट, सपना श्री र बसन्ती राई सम्मानित

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत शुक्रबार न्युयोर्कमा ‘नारी एकता सॅाझ’ सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी मंजु बिष्ट, बरिष्ठ गायिका सपना श्री र कलाकार बसन्ती राईलाई सम्मानित गरेको छ ।


गत शुक्रबार सॅाझ न्युयोर्क स्थित हिमालयन याक रेष्टुरेण्टमा नारी एकता न्युयोर्कले ‘नारी एकता सॅाझ’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ६० महिलाहरु उपस्थिती थिए । नारी दिवसको अवसरमा आयोजना गरियको उक्त कार्यक्रमको औपचारिकता पत्रकार मच्छे गुरुंगले गर्नुभएको थियो । भने कार्यक्रम बारे बोल्दै संयोजक शान्ती गुरुंगले नारी एकता के हो ? र आजको सॅाझ के का लागी भनि स्पष्ट पार्नु भएको थियो ।


कार्यक्रममा समाजमा सकारात्मक परिबर्तनका निमित्त रोलमोडलको रुपमा काम गर्दै उदाहरणिय ब्यक्तित्व प्रस्तुत गर्नु भएकोमा बरिष्ठ समाजसेवी मंजु बिष्ट, बरिष्ठ गायिका सपना श्री र कलाकार बसन्ती राईलाई सम्मान गरेको थियो ।


कार्यक्रमको अन्त्यमा बोल्दै लायन्स क्लब अफ क्विन्स केटिएमकी अध्यक्ष रश्मी श्रेष्ठले हामि नारीहरु जहिले पनि नारी एकताको नाममा नकारात्मक कार्य गर्ने नारीहरुलाई सचेत गराउन र राम्रो काम गर्ने नारीहरुलाई प्रोत्साहन गर्न बाट कन्जुस्याई गर्नु हुन्न । भन्दै कार्यक्रममा पाल्नु भएका सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा संयुक्त राज्य अमोरिकाको न्युयोर्कलाई केन्द्र बनाई समाजको हरेक गतिबिधीहरुलाई टिभी र समाचारको माध्ययमबाट सम्पुर्णमा पुर्याउन महत्वपुर्ण भुमिका खेलेको भनि मकै हाउस टिभी एण्ड न्युजलाई पनि सम्मान गरेको थियो ।