Banner

राहदानी दुरुपयोगको अभियोग लगाउदै रबि लामीछाने माथि युबराज पौडेल ‘सफल’को रिट दर्ता, मंगलबार सुनुवाई

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पुर्बउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिरुद्ध राहदानी दुरुपयोगको मुद्दा चलाउनुपर्ने मागसहित युवराज पौडेल सफलले रिट सर्वोच्च अदालतमा दर्ता गरेको छ ।

आईतबार सफलले महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा निवेदन दिएका थिए भने सोमबार दर्ता भएको हो ।

सफलले दिएको रिट निवेदनको गहन अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता स्विकार गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

 

Loading...