
मिथिला महोत्सव अमेरिका २०२३ कला प्रदर्शनीका लागि ९ कलाकारहरुको कलाकृति छनौट
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ‘दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२३ मा ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ ।

९ कलाकारमध्ये ८ जना महिला छनौट गरिएको छ । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, सुमिन्त्रा यादव, सुनैना कर्ण र उषा कर्ण रहेका छन्।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको मिथिला सेंटर अमेरिकाका संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमित प्रताप शाहले जानकारी दिए ।

अधिकांश महिला सहभागी कलाकारहरु दुर्गमग्रामिण क्षेत्रबाट रहेको र यसबर्ष महिला उद्यमशिलतालाई प्रवद्र्धन र आर्थिक सहयोग गर्नु समेत आफूहरुको उद्देश्य रहेकोले, यस कार्यक्रममा सहभागीभै सहभागी कलाकारहरुको कलाकृति किनेर सहयोग गरिदिनुहुन सबै लाइ हार्दिक अनुरोध पनि गर्न चाहेको कुरा शाहले जानकारी दिए ।

मिथिला सेन्टर र अपन फाउनडेसन् युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका २०२३ गर्न लागिएको हो । मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रम आयोजना गरिने आयोजकको भनाई छ ।
यसवर्षको मिथिला महोत्सव अमेरीकाको मुल नारा ‘दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा’ रहेको छ। यसपटक संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य ५ (लैंगिक समानता) प्रदर्शन र् सामुदायिक जागरूकता बढाइने भएको छ । तसर्थ यो कार्यक्रममा सहभागी हुनचाहने इच्छुक कलाकारहरुलाई मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय मार्च ३१ सम्म ईमेलमा पठाउन अनुरोध गरिएको थियो । त्यसै अनुशार प्राप्त कलामध्येबाट ९ कलाकारका कलाकृति छनौट गरिएको छ ।

प्रथम मिथिला महोत्सव ४ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला
प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउनेमात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

अप्रिलको १४ तारिक बिहान १०.३० देखि १२.३० बजे कार्यक्रमको उद्घाटन र अप्रिल १५ तारिक बेलुका ७ बजे देखि ९ बजे सम्म चित्रकलाको प्रदर्शनी जूम मार्फत भर्चुअलि गरिने छ भने अप्रिल १६ तारिकको दिन Diversity Plaza , Jackson Heights न्युयोर्कमा ४ बजे देखि ७ बजे सम्म सांस्कृतिक कार्यक्रमको साथै मिथिला लोक राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र बाल चित्रकला कार्यशाला गोष्ठी, प्रदर्शनी र पुरष्कार बितरण कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू
साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यससंस्कृतिमाविशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामलेपनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुलेआफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस
समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र
मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामा को न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौ को संख़यामा मिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा
शताब्दीऔंदेखिअस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो
सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक
विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम्सिंगा र सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई
समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ। महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

‘हामी अहिले कोभिड १९ को महामारीको कारणले एकदमै कठीन समयबाट गुज्रिरहेका छौं । हामी पूर्ण विश्वस्त छौं
कि यस्तासांस्कृतिक चाडपर्व मनाउने कार्यबाट हामीबीच सामन्जस्यता, सौजन्यता, धैर्यता र साहस बढाउन र शान्ति र समृद्धिकोलागि सामुदायिकएकता सुदृढ गर्न तथा कोभिड १९ महामारीको विरूद्धमा साबधानी र निरोधकालागि सामुदायिक जागृति बढाउन पनि मद्दत पुग्नेछ ।’–आयोजकले बताएका छन्।