
प्रशस्त आधारमा ढाका कुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरेको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्ब गृह/उपप्रधानमन्त्री रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई प्रशस्त आधार पाएपछि कारबाही गर्ने निर्णय गरेको बताएका छन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले डा. श्रेष्ठविरूद्ध कारबाही गर्ने प्रशस्त आधार पाएपछि कारबाही गर्ने निर्णयमा पुगेको केन्द्रीय समितिको बैठकबाट निर्णय गरेको बताएका छन् ।


केहि समय अगाडी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र डा. श्रेष्ठबीचको संवाद बाहिरिए पछि माहौल तातिएको थियो । मन्त्री बन्न श्रेष्ठले प्रसाईंसँग दुई करोड माग गरेको अडियो बाहिरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै यस्तै अनुशासन समितिसँग श्रेष्ठले आफूलाई कारबाही गरे पार्टीलाई नै सिध्याइदिने धम्की दिएको पनि उनले बताए।
‘उहाँले आफ्नो बोली परिवर्तन गरिरहनुभएको छ। जनवरीको अडिओ हो भन्नेले पनि प्रमाणित भयो। पटकपटक बोल्न दिइयो,’ उनले भने, ‘उहाँले खारेज नगरिदियोस् भन्ने पनि चाहानुभयो र गर्यो भने म पनि देखाइदिन्छु भन्नुभयो।’

‘कोर टिमबारे तथ्यसहित आयो भने किन कारबाही नगर्ने। अहिले उहाँ एक लेभलमा बार्गेनिङ गर्नेमा आउनुभएको छ,’ उनले भने, ‘के थाहा हुनुपर्छ भने अख्तियारलाई सहयोग गर्छौं।’
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरी उनको सट्टामा विन्दबासिनी कंशाकारलाई पठाउने निर्णय पनि रास्वपाले गरेको बताएका छन् ।
