Banner

“प्रसाद २” न्युयोर्कमा प्रदर्शन हुदै

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । बिपिन कार्की र केकी अधिकारी अभिनित नेपाली कथानक चलचित्र ‘प्रसाद’को दोश्रो सिक्वेल “प्रसाद २” न्युयोर्कमा प्रदर्शन हुने भएको छ ।

सुदर्शन थापाको निर्देशन र सुदर्शन बस्नेतको निर्माणमा तयार भएको “प्रसाद २”मा केकी अधिकारी, बिपिन कार्की र अर्पण थापाको मुख्य भुमिका रहेको छ । पारिवारिक बिषयबस्तुमा आधारित चलचित्र निकै नै उत्कृष्ट बनेको र सबैले एक पटक हेर्नै पर्ने रहेको दर्शक प्रतिक्रियाले बताएका छन् । 

सोनाम शेर्पा, बुद्ध ट्याक्स र रेबेल ईभेन्टको संयुक्त संयोजनमा चलचित्र “प्रसाद २” न्युयोर्कमा प्रदर्शन हुन लागेको हो । 

न्युयोर्कको क्विन्स स्थित रेगल युए कौफम्यान एस्टोरिया (Regal UA Kaufman, Astoria) हलमा मे १५,२०२३ (May 15,2023, Monday) सोमबार दिउसो ५:०० बजेको ‘शो’मा प्रदर्शन हुन लागेको हो । 

टिकट र अन्य पुर्ण जानकारीको लागी पोस्टरमा रहेको नम्बरमा सम्पर्क गर्नुहोला । 

Loading...