Banner

पूर्वगृहमन्त्री थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री  रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

थापालाई प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। प्रतीक नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा प्रतीकको नाम जोडेर समाचारहरु प्रकाशित भएपछि यसअघि उनले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई प्रकाउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन्।

Loading...