
सरकारी वकिल कार्यालयमा खाँणको बयान सुरु

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।


बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो । गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो । टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’


यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।
