
मिस नेपाल नर्थ अमेरिका २०२३को लागी अतिथिमा प्रियंका कार्की र मिरुना मगर आउने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सदा बर्ष झै यस् बर्षको मिस नेपाल नर्थ अमोरिका २०२३को आवेदन खुल्ला संगै यस् सिजनमा नायिकाद्वय प्रियंका कार्की र मिरुना मगर अतिथिको रुपमा आउने भएका छन् ।
ड्रिम्स युनिभर्सल एलएलसि न्युयोर्कको आयोजनामा प्रत्येक बर्ष संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने सौन्दर्य प्रतियोगिता “मिस नेपाल नर्थ अमोरिका २०२३” को पनि आवेदन खुल्ला भएको छ । र यस् बर्षको कार्यक्रममा हाल सम्म नायिकाद्वय प्रिंयका कार्की र मिरुना मगर अतिथिको रुपमा आउने पक्का भएको आयोजक तथा सिईओ शैलेस श्रेष्ठले जानकारी गराएका छन् ।

यस् बर्षको मिस नेपाल नर्थ अमोरिकाको ग्रान्ड फिनाले न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा जुलाईको २२,२०२३ शनिबार सॅाझ हुने भएको छ ।


‘Empowering Nepalese Women to Empower the Next Generation’ नाराको साथ हुने यस् सौन्दर्य प्रतियोगिताको यस् सिजनमा भाग लिन ईच्छुक अबिबाहित महिलाले मे ३१,२०२३ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

ईच्छुकले तल राखिएको लिंक मार्फत आवेदन दर्ता गराउन सक्नुहुनेछ ।
www.missnepalnorthamerica.com
