
न्यूयोर्क रिजउड नेपाली समाजद्वारा आफ्नै भवन खरिद

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अमेरिकाको न्यूयोर्क स्थित रिजवुड नेपाली समाजले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्रको निमित्त आफ्नै भवन खरिद गरेको छ ।


रिजउड नेपाली समाजले आफ्नो अफिसियल सामाजिक संजाल (फेसबुक) मा फोटोहरु प्रकाशित गर्दै न्युयोर्कको रिजवुडमा भवन खरिद गरेको खुशी बाडेका छन् ।



रिजवुड नेपाली समाज, न्युयोर्कले आफ्नो अफिसियल सामाजिक संजालमा प्रकाशन गरेको बिज्ञप्ती जस्ताको त्यस्तै :-

“1998 मा परिकल्पना गरि 2003 मा Not for Profit Organization को रुपमा विधिवत दर्ता भएको यस संस्था रिजउड नेपाली समाजले परिकल्पना गरेको आफ्नै दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (Durga Temple and Nepalese Cultural Center- DTNCC) को आफ्नै भवन आज खरिद गरेकोमा सबैमा अगवत गराउन पाउँदा हर्षित छौं ।

यस Project को लागि सुरुवात देखि नै प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण संस्थापक सदस्यहरु, पूर्व कार्यसमितिका सदस्यहरु, सल्लाहाकारहरु, सम्पूर्ण दातामहानुभावहरु, वर्तमान कार्यसमितिका सदस्यहरु एवं सल्लाहाकारहरु, यस संस्थाका सदस्यहरु तथा यस भवन खरिद प्रक्रियाको लागि Personal Guarantee बसि श्रृण उपलब्ध गराउन विशेष सहयोग गुर्नहुने Personal Guarantor हरु लाई विशेष धन्यवाद दिन चाहान्छौं ।
यस प्रक्रियाको लागि गरिएका ठुला दुई Fund Raising Program हरु महापुराण २०१० र महापुराण २०१७ मा प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिभै दानरकम बोलकबुल गरि दान गर्नुभएका सम्पूर्ण दानदाता तथा स्वयंसेवकहरुलाई धन्यवाद दिन चाहान्छौं ।
२०२१ को जुन महिनामा भएको साधारण सभाको निर्णय अनुसार यस संस्थाको नाममा २०११ मा खरिद गरिएको जग्गा $990,000 मा बिक्रि गरि आज आफ्नै भवन 1662 र 1666 Stephen St, Ridgewood, NY 11385 (जस्मा हल, मन्दिर कक्ष, ४ वटा अपार्टमेंट, ३ अफिस स्पेस) $1,990,000 मा खरिद गरेको कुरा सबैमा सहर्ष जानकारी गराउन पाउदा गौरवान्वित छौं । यस खरिद प्रक्रियाको लागि Personal Guarantee बसि संस्थाले $990,000 श्रृण लिएको कुरा सबैमा जानकारी गराउन चाहान्छौं । साथै अहिलेसम्म कबुल गरि दान रकम दिन बाकिरहनु भएका सम्पूर्ण दान दाताहरु एवं नयाँ दाताहरुले यथासक्य दानरकम उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
पुनश्चः अहिले किनेकै भवनमा January 2023 देखि हामिहरुले हल भाडामा लिएर विभिन्न धार्मिक कार्यक्रम, पुजाआजा तथा बाबु नानिहरुको लागि नेपाली पाठशाला, शारिरिक ब्यायाम एवं नृत्यका कक्षाहरु संचालन गरि रहेकै छौं । भवनमा गर्नुपर्ने सम्पूर्ण निमार्णकार्य सम्पन्न गरि यथासक्य Grand Opening गर्नेकुरा सबैमा जानकारी गराउँदछौं ।”