Banner

चितवन समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा ‘हाजिरी जवाफ प्रतियोगिता’ हुदै

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । चितवन समाज अमोरिकाले न्युयोर्कमा “हाजिरी जवाफ प्रतियोगिता” गर्ने भएको छ । 

समाजले यहि आउदो जुलाई ९, आईतबार दिनको ११:०० बजेबाट न्युयोर्कको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा अमेरिकामा अध्ययरत नेपालबाट आएका बिधार्थी तथा नेपाली अमेरिकन बिधार्थीहरुलाई लक्षित गरि “हाजिरी जवाफ प्रतियोगिता” गर्न लागिएको हो । 

बिशेष उच्च माध्यमिक तहमा (High School) अध्ययनरत बिधार्थीहरुलाई केन्द्रित गरि कार्यक्रम गर्न लागिएको हो । उक्त प्रतियोगिता गरिनुको मुख्य उदेश्य भनेको अमेरिकामा जन्मिएका नेपाली अमोरिकन बिधार्थीहरुमा नेपाली भाषाको जगेर्ना र एस्को प्रेमको महत्वबारे नजिक हुन सकियोस् भन्ने हो । त्यसैले पनि हुने उक्त प्रतियोगितामा सम्पुर्ण प्रश्नहरु नेपालीमा सोधिने र जवाफ पनि नेपालीमै दिनु पर्ने समाजका महासचिब रमेश पाठकले जानकारी गराउनु भएको छ । 

कार्यक्रम सम्बन्धी सम्पुर्ण जानकारीको लागी तल राखिएको प्रेस बक्तब्यमा हेर्नुहोला । 

Loading...