Banner

चक्कु प्रहार पिडित उबर चालक यादब ढुंगेलको निमित्त न्युयोर्कमा न्याय जुलुस निकालिदै

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । केहि दिन पहिले उबर चालक यादब (राजेश) ढुंगेल माथि ढुंगेलकै कारमा सबार यात्रुले चक्कु प्रहार गरेको थियो, चक्कु प्रहारबाट सख्त घाईते भएका चालक ढुंगेलको न्यायको लागी न्युयोर्कमा न्याय जुलुस हुने भएको छ ।

सोनाम घिसिंग लामा र गणेश खत्रीको संयुक्त प्रयासमा गत जुलाई ११का दिन म्यानह्याटट्नको एफडिआर ड्राईभमा आफ्नै कारमा सबार यात्रुले ६ पटक चक्कु प्रहार गरेपछि सिकिस्त भएका घाईते चालक यादव ढुंगेलको न्यायको निमित्त भोली जुलाई २१ शुक्रबार दिउसो २:०० बजे न्युयोर्कको क्विन्स स्थित क्विन्स बोरो हल अगाडी न्याय जुलुस निकालिने भएको छ । 

“Stop Violence, Driver Safety is Priority” को मुल नाराका साथ भोलि शुक्रबार दिउसो २:०० बजे उक्त न्याय जुलुस कार्यक्रम हुन लागेको आयोजक सोनाम घिसिंग लामाले बताउनु भयो । 

“म जसरि नै अरु नेपाली उबर चालक साथिहरु पिडित हुन नपरुन र एस्तै प्रकृतीको घटनाको दोहोरिन नपाउन मेरो यहि नै भनाई हो – पिडित चालक यादब ढुंगेल” 

Loading...