
अमेरिकी सरकार द्वारा जुलाई २३ लाई “मेलिना राई डे” घोषणा सहित बिशेष सम्मान
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको साउथ डाकोटा राज्य अन्तर्गत सियोक्स फल्स शहरका नगर प्रमुख (मेयर)ले जुलाई २३ ,२०२३ लाई “मेलिना राई डे” रूपमा मनाउने घोषणा गरेका छन् ।


हाल संयुक्त राज्य अमेरिकामा आफ्नो एकल सांगितीक कार्यक्रममा ब्यस्त रहेकी गायिका मेलिना राईलाई साउथ डाकोटाको सिउक्स फल्समा भएको आफ्नो एकल कार्यक्रममा सिउक्स फल्स, साउथ डाकोटाका नेपाली अमेरिकनहरुको बिशेष पहलमा स्थानिय नगरका नगर प्रमुख द्वारा उक्त सम्मानले स्वागत गरेको हो ।


सुमधुर स्वरकी धनि गायिका मेलिना राईले डेढ दशक नेपाली सांगितिक क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको उच्च कदर गर्दै संयुक्त राज्य अमेरिकाको साउथ डकोटा, सिउक्स फल्स नगर प्रमुख (मेयर) पल टेनहेकेनले ‘जुलाई २३’ लाई प्रत्येक बर्ष “मेलिना राई डे ‘दिवस’” मनाउने घोषणा गरेका हुन् ।


रोकेश गुरुङ (केटीएमई इन्टरटेनमेन्टका संस्थापक/प्रमुख कार्यकारी अधिकारी -सीईओ) र उनीसँगै यात्रा व्यवस्थापक (टुरिङ म्यानेजर)का रूपमा यात्रा गरिरहेका गुरुंग बताउनुहुन्छ – “यो किसिमको सम्मानले सारा नेपाली संगितको नै सम्मान भएको महसुस भएको छ, यो सम्मान मेलिना राई जीको मात्र नभई हामि सारा नेपाली को हो “


