Banner

लंगआईल्याण्डमा सम्पन्न मैत्रीपुर्ण फुटबल खेलमा ८ गोल गर्दै NVFT बिजयी

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । लंगआईल्याण्डमा सम्पन्न मैत्रीपुर्ण फुटबल प्रतियोगितामा लंगआईल्याण्ड नेपाली सोसाईटी, लंग आईल्याण्ड किंग्सलाई ७ गोलको बिरुद्ध ८ गोल गर्दै एनभीएफटी युएसएले खेलमा बिजयी हात पारेको छ ।

हिजो अगस्ट १९, २०२३ शनिबार हिक्सभिल, लंगआईल्याण्ड, न्युयोर्कमा सम्पन्न LINS LI KINGS बिरुद्ध NVFT USA बिच सम्पन्न मैत्रीपुर्ण फुटबल खेलको फाईनलमा LI KINGS लाई ७ गोलका बिरुद्ध NVFT USA ले 8 गोल गर्दै ट्रफी हात पार्न सफल भएको हो ।

खेलमा तिन गोल गर्दै ह्याट्रीक गरेका गणेश गुरुङले ८८औ मिनेटमा चौथो गोल गर्नबाट चुक्दा लामाले जारि खेलमा ४ गोल गर्दै “बेस्ट स्कोरर”को ट्रफी जितेका थिए । त्यस्तै गरि प्रविण छेत्री र विश्व मैनाली ले २-२ गोल गरेका थिए भने महित छेत्री , प्रभाकर पाण्डे , सम्बत भण्डारी ले भने १-१ गोल गरेका थिए ।

पहिलो हाफसम्म NVFT USA लाई १ का बिरुद्ध ४ गोल गर्दै अगाडी भएको LI KINGS ले दोस्रो हाफको ८८औ मिनेट सम्ममा ७-७ गोल गरि बराबरीमा भएको खेल ८८औ मिनेट मा NVFT USA को तर्फ बाट लक्ष्मी पौडेलले पेनाल्टी मार्फत र ३० सेकेन्ड बाकी रहदा LI KINGS ले पाएको पेनाल्टी किक लाई NVFT USA का गोल किपर टाशी धुन्दुपले बचाउन सफल भए पछि समय समाप्तको सिट्टीका साथ NVFT USA ले प्रथम ट्रफीका साथै निर्णायक गोल गर्ने लक्ष्मी पौडेल उत्कृष्ट खेलाडी घोषित भएकी थिईन | LI KINGS का गोल किपर निरज सापकोटाले बचाएको गोल र उनको डाइपिंगबाट दर्शकहरुले धेरै मनोरन्जन लिएको देखिन्थियो ।

खेलको समाप्त पछि खेलाडी र स्यम्सेबकहरु लाई प्रमाणपत्र , मेडल वितरण औपचारिक कार्यक्रम समाजका युवा संयोजक बिशाल रेग्मी ले संचालन गरेका थिए भने लंग आइल्याण्ड नेपाली समाज का अध्क्षय बसन्त चापागाई र प्रमुख अतिति नेपाल महिला रास्ट्रिय खेलाडी 2010 -2015 , लक्ष्मी पौडेल खेल कर्यक्रम संयोजक टिकाराज ढकाल र योग राज पौडेल बाट भएको थियो ।

बिजेताहरुलाई जनसम्पर्क समिति अमेरिका का महासचिब मुनिन्द्र नेम्बाङ्ग , नब निर्बाचित NRNA ICC मेम्बर दुर्गेश जंग कार्की , र जनसम्पर्क समिति लंग आइल्याण्ड च्याप्टर का सभापति विश्व बास्तोला ले प्रतक्ष्य साथै बिभिन्न मध्यम बाट समाज का सल्लाकार बेद खरेल , महेश खड्का , कल्पना थापा , समाजका महासचिब बाबुराम शर्मा ,Town of Hemstead community affairs member शंकर भण्डारी ले आयोजक लाई धन्यवाद का साथ बिजेतालाई बदाई दिनु भएको थियो | खेलका रेफ्री शिव राज फागु , लाइन्स मेन हरु डा. प्रनब दाहाल ,डा. हरि दाहाल , सुमन बास्तोला र मोहन छेत्री रहेका थिए ।

अन्त्यमा समाजका अध्क्षय बसन्त चापागाई ले सम्पूर्ण कार्यसमिति , संयोजकहरु र लंग आइल्याण्ड र बिभिन्न ठाउँ बाट खेल हेर्न आउने महानुभाब हरुलाई धन्यवाद र बिजेता खेलाडीहरुलाई बदाई दिदै कार्यक्रम समापन गरेका थिए ।

Loading...