Banner

न्युयोर्क एयरपोर्टमा दन्किएको ट्याक्सिको आगो निभाएका नेपाली, जस्को अहिले चर्चा छ

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कको लाग्वईडिया एयरपोर्टमा एउटा पहेलो ट्याक्सीमा दन्किरहेको आगो निभाएर ठुलो क्षती हुन बाट बचाएका नेपालीको अहिले चारै तिर चर्चा बढिरहेको छ ।

 

नेपाल घर सोलुखुम्बु गोराखानीका ल्हाक्पा रिन्जी शेर्पाले  न्युयोर्कको क्विन्स स्थित लाग्वईडिया विमानस्थलमा पहेलो ट्याक्सीमा एक्कासि आगो लागे पछि आफ्नो ज्यानको प्रवाह नगरी दन्किरहेको चर्को आगो निभाएर साहसिक काम गरेका थिए । जस्को अहिले चौतर्फी चर्चा भईरहेको छ । 

गत मंगलबारको कुरा हो  लाग्वईडिया विमानस्थलको पार्किङस्थलमा पहेलो ट्याक्सिमा अचानक आगलागी भएपछी पार्किङ क्षेत्र धुवॅाग्रस्त बनेको थियो । आगलागी भएपछी  त्रसित भएर अन्य ब्यक्तिहरु भागदौड गरिरहेका बेला शेर्पा फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर आगलागी नियन्त्रणमा जुटेका थिए ।

शेर्पाले साहसिक हुदै आगो निभाईरहेको बेला भने अन्यले मोबाईलबाट भिडियो खिचिरहेका थिय र सो भिडियोहरु अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ । 

आगो निभाउने अनुभव मसँग थियो। त्यसको प्रशिक्षण पनि मैले लिएको छु। धुँवाको मुस्लो देखेर सबैजना भागदौड गरिरहेका बेला आगो नियन्त्रमा जुटेको थिएँ। आगलागी नियन्त्रण बाहिर जाँदा धेरै क्षति हुनसक्थ्यो। त्यसैले भागिनँ आगलागी नियन्त्रणमा आयो“ शेर्पाले मकै हाउस न्युजलाई बताउनु भयो । 

 

Loading...