
आईतबार लायन्स क्लब न्युयोर्कको आयोजनामा हिज्जे प्रतियोगिता हुने भएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको क्विन्समा नेपालीहरुको नेतृत्वमा रहेको लायन्स क्लबको आयोजनामा हिज्जे प्रतियोगिता हुने भएको छ ।

नेपालमा रहेका बिद्यार्थीहरूको चाहाना भनेको अमेरिका अष्ट्रेलिया, क्यानाडा जस्ता बिकसित देशहरूमा उच्च शिक्षाको लागी जाने बिषयमा प्रथम लिष्टमा रहेका छन्। अमेरिकामा रहेका प्राय: अभिभावकहरूसंग भलाकुशारी गर्ने हो भने आफू अमेरिका आउनुको मुख्य अभिलाषा आफ्ना भाबि सन्ततीहरुको उज्वल भबिष्यको निमित्त उच्च शिक्षाको लागि बताउनु हुन्छ। अभिभावकहरू दिन रात काम गर्दै गर्दा बच्चाहरूले नेपाली संस्कार र संस्कृति नवुझी अमेरिकाकै जीवन शैली अपनाउने हुन कि भन्ने चिन्ता र डरले भने उनीहरूलाई सताईनै रहन्छ। त्यसैले पनि होला अहिले अमेरिकाका हरेक राज्यहरूमा स्थापित नेपाली संस्थाहरूहरूले भाषा, संस्कृति र संस्कारलाई जोगाउन र बच्चाहरूलाई सिकाउन विभिन्न कक्षाहरू नै संचालन गर्न समेत थालेका छन्। यसै सन्दर्भमा न्युयोर्कमा स्थापित नेपाली लायन्स क्लवहरूले पनि त्यसै अनुरूप लायन ईन्टरनेश्नलका मुख्य कार्यक्रमहरूको साथ समुदायका लागि अति आवश्यक रहेका क्षेत्रमा ध्यान दिदै बिभिन्न कार्यक्रम आयोजना गर्दैछन् । यस्ले गर्दा हुर्कदै गरेका नेपाली अमेरिकन बालबालिका र यूवाहरू नेपाली संस्कार सिकाउनुको साथै नेतृत्वकला विकास गर्ने र उनीहरूको चौतर्फि विकासमा ध्यान दिने हुनेछ ।

यसै सन्दर्भमा क्विन्स न्यूयोर्कमा रहेका नेपाली लायन्स क्लवहरू लायन्स क्लव क्विन्स बुद्ध, क्विन्स केटीएम , क्विन्स नेप्लिज र नासाउ सेन्ट्रल नेप्लिज लायन्स क्वको संयुक्त आयोजनामा बच्चाहरूलाई लक्षित गरि “Spelling Bee Contest” हिज्जे प्रतियोगिताको आयोजना गरेका छन ।

कार्यक्रमका लागि आयोजक क्लवहरूले सहभागिहुन चाहने कक्षा ३ देखि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई दिउसो १ः३० सम्म नाम दर्ता गर्न अनुरोध गरेका छन् । कार्यक्रम निम्न स्थान समय र मितिमा हुनेछ।
स्थानः ७५-३२ ब्रडवे ज्याक्सन हाईट !
समयः१ः३० बजे
मितिः ८/२७/२०२३
