Banner

एनआरएनए न्युयोर्क च्याप्टरको आयोजनामा “तिज बिशेष कार्यक्रम” हुने

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरको प्रमुख आयोजनामा न्युयोर्कमा “तिज बिशेष कार्यक्रम” हुने भएको हो ।

आगामी सेम्टेम्बर १६, (September 16) २०२३ शनिबार सॅाझ ६:३० बाट १२:०० बजे सम्म न्युयोर्कको वुडसाईड स्थित सत्य नारायण मन्दिरको हलमा नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको पावन अबसरमा एनआरएनए अमेरिका, न्युयोर्क च्याप्टरको मुख्य आयोजनामा नारिहरुलाई दर खुवाउने र नाचगान संगै आशिर्बादमय बर्षको परिकल्पनाको निमित्त “तिज बिशेष कार्यक्रम” हुने भएको हो ।

एनआरएनए अमेरिका न्युयोर्क च्याप्टर संगै हामी नेपाली ग्लोबल, न्युयोर्क च्याप्टर, बाग्लुंग समाज अमेरिका, नारी एकता न्युयोर्क, पर्बत सेवा समाज न्युयोर्क, बलेवा समाज अमेरिका र फ्रेन्ड्स अफ नुवाकोट ईन न्युयोर्कको संयुक्त सहकार्यमा हुने उक्त  तिज बिशेष कार्यक्रममा न्युयोर्क राज्य, जिल्ला ३८ की सभा सदस्य माननिय जेनिफर राजकुमारको प्रमुख आतिथ्यता रहने भएको छ । 

 

Loading...