Banner

न्युयोर्कमा लायन्स र लियो क्लबको बिशेष कार्यक्रम सम्पन्न, ८ पुर्ब अध्यक्ष “प्रेसिडेन्ट अवार्ड” बाट सम्मानित

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कमा नेपालीहरुको नेतृत्वमा रहेको २ वटा नेपाली लायन्स क्लब र २ वटा लियो क्लबको अफिसियल कार्यक्रम सम्पन्न भएको छ, ८ जना क्लबका पुर्ब अध्यक्षहरु समेत सम्मानित भएका हुन् ।

लायन्स क्लब अफ क्विन्स बुद्ध र क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा गत अक्टोबर १५,२०२३ आईतबार सॅाझ क्विन्स स्थित सत्य नारायण मन्दिरको प्रांगणमा नयॅा बर्ष २०२३-२४ का नयॅा क्लब अफिसर्सहरुको सपथ ग्रहण तथा क्लबका पुर्ब अध्यक्षहरुलाई सम्मान गरी कार्यक्रम सम्पन्न भएको छ ।

त्यसै अवसरमा लायन्स क्लब क्विन्स बुद्धले नॅया पिढीहरुमा सामाजिक सेवाको संस्कारको स्थायित्वकरणका निमित्त गौत्तम बुद्ध लियो क्लब (ओमेगा, १८-३० बर्ष समुह) लियो देरोन घिमिरेको नेतृत्वमा (अध्यक्ष) र क्विन्स बुद्ध लियो क्लब (अल्फा १२-१८ बर्ष समुह) लियो परनिता बस्नेतको नेतृत्वमा (अध्यक्ष) २०-२० जनाको सदस्य सहित २ पहिलो नेपाली युवा लियो क्लबको न्युयोर्कमा सुरुवात भएको छ ।

लायन्स क्लब अफ क्विन्स बुद्धको नयॅा नेतृत्वमा क्लबका चार्टर्ड उपाध्यक्ष लायन दिपक राज घिमिरेको नेतृत्वमा गठन भएको हो । लायन घिमिरेको नेतृत्वमा लायन बुद्ध पौडेल पहिलो उपाध्यक्ष पद, लायन चन्द्र नेपाली दोस्रो उपाध्यक्ष पद,लायन शिबजी खड्का तेस्रो उपाध्यक्ष पद, लायन सांग दोर्जे शेर्पा सचिब पद, लायन सोनु मल्ल कोषाध्यक्ष, लायन पुर्ण पाईजा मगर सदस्य सचिब पद, लायन्स क्लब्स ईन्टरनेशनल संयोजक लायन खडग ब. पुलामी, क्लब मार्केटिंग चेयरपर्सन लायन रिमाया नेपाली, सर्भिस चेयर पर्सन लायन बेगम पंडित, क्लब डिरेक्टर लायन कृष्ण आचार्य, क्लब डिरेक्टर पदमा लायन अर्जुन गौडेल चयन भई सपथ ग्रहण गरेका थिए ।

त्यस्तै गरी क्विन्स केटीएम लायन्स क्लबको अध्यक्षमा देस्रो कार्यकाल दोहोराएकी छन्  लायन रश्मी श्रेष्ठले, श्रेष्ठको नेतृत्वमा (अध्यक्ष) लायन रुपा शाह प्रथम उपाध्यक्ष, लायन जित कुवॅर द्वितिय उपाध्यक्ष, लायन करुणा श्रेष्ठ सचिब पद, लायन अरुणा तामांग कोषाध्यक्ष पद, लायन आशा पाण्डे मेम्बरशिप चेयर पद, लायन रिना लामिछाने क्लब सर्भिस चेयर पद, लायन भगवती कार्की संचार तथा तथा मार्केटिंग चेयर र लायन शान्ति जिरेल क्लब सल्लाहकारमा चयन भएको हो ।

लायन्स क्लब्स ईन्टरनेशनल, डिस्ट्रिक्ट २०-के१, ब्रुकलिन र क्विन्सका जोन चेयरपर्सन लायन खडग बहादुर पुलामी (बिक्की)ले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला गभर्नर लायन एन्टोनियो रोबल्स, न्युयोर्क राज्यका बिधान सभा सदस्य माननिय स्टेभन रागाको बिशेष आतिथ्यता, प्रथम जिल्ला उप-गभर्नर लायन रोमियो हितलाल, पुर्ब जिल्ला गभर्नर, पुर्ब क्षेत्रिय अध्यक्ष लिबाई जेफर्स, बर्तमान क्षेत्रिय अध्यक्ष लायन पुरुषोत्तम पन्थी, जोन चेयर पर्सन देबेन्द्र पेरुसाद, गैर आवासिय नेपाली संघ, अमेरिकाका अध्यक्ष सुर्य लम्साल, गैर आवासिय नेपाली संघ, न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्ल, मिस नेपाल नर्थ अमेरिका २०२३ जुबिली शेर्पा र बिभिन्न संस्थाबाट प्रतिनिधित्व गरि उल्लेख्य रुपमा अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला गभर्नर र बिधानसभा सदस्य माननिय स्टेभन रागाको हातबाट सम्मानित भएका दुबै क्लबका गरि ८ पुर्ब क्लब अध्यक्षहरुलाई खादा र अवार्डले सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा क्विन्स बुद्ध लायन्स क्लबका पुर्ब अध्यक्षहरु कृष्ण आचार्य, बेगम पंडित, अर्जुन गौडेल, रिमाया नेपाली, खडग ब. पुलामी (बिक्की) र क्विन्स केटिएम लायन्स क्लबका पुर्ब अध्यक्षहरु रुद्र पुन, अशोक कार्की र रश्मी श्रेष्ठ सम्मानित भएका हुन् । 

लायन सांग दोर्जे शेर्पाले कार्यक्रम संचालन गरेका थिए । 

Loading...