
अस्मिता र हर्कुलस संगै दशै तिहार ईभेन्टमा क-कस्ले प्रस्तुती दिदै छ ?
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा हुने दशै तिहार ईभेन्टमा सुप्रसिद्ध गायक गायिकाद्वय हर्कुलस बस्नेत र अस्मिता अधिकारी संगै अन्य कलाकारहरुले पनि प्रस्तुती दिने भएको छ ।

न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा नोभेम्बर ३,२०२३ सॅाझ ०८ः३० बजेबाट बिहानको ४:०० बजे सम्म चल्ने उक्त सांगितीक कार्यक्रममा गायक गायिका बस्नेत र अधिकारी संगै गायिका तारा र उक्त कार्यक्रमकी कार्यक्रम संचालिका जेनी योन्जनको छुट्टै अर्को बिशेष प्रस्तुती पनि रहने छ ।
सांगितिक कार्यक्रम पछि भने डिजे वांग र डिजे निमाले माहौल तताउने छ ।
यस् कार्यक्रम ईभेन्ट अर्गनाईजर तथा संस्थापक शेर्पा ईम्प्ल्योईमेन्ट दिपक श्रेष्ठ र साथीहरुको समुहको संयुक्त आयोजनामा हुन लागेको हो ।



